ओखलढुंगा, कार्तिक ३० । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा हजारौ नागरिकको उपस्थितिमा गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ । चुनाव परिचालन समिति मानेभञ्ज्याङले कार्तिक ३० गते गठबन्धनको चुनावी आमसभा आयोजना गरिएको थियो । आमसभामा प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेश सभा सदस्य प्रदेश (ख) उम्मेदवार बाबुराम गौतम, समानुपातिक तर्फका संघका उम्मेदवार पेशल खतिवडा, समानुपातिक तर्फका प्रदेश उम्मेदवार पेमनिमा शेर्पाले सम्बोधन गरेका थिए । त्यसै गरि नेपाली कांग्रेसका जिल्ला पार्टीसभापति तेजेन्द्र खनाल, निवर्तमान सांसद तथा प्रदेश नं. १ का अर्थसमितिका सभापति मोहन खड्का, नेकपा समाजबादी पार्टीका केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराई लगायत शिर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रममा उपस्थितिको ‘फोटोफिचर’