बेवारिसे शबको पहिचान खुल्यो


झगनखबर 

असार ८ । ओखलढुंगा जिल्लाको चम्पादवी गाउँपालिका वडा नं ३ मा बेवारिसे  फेला परेको शबको पहिचान खुलेको छ । बिहिबार विहान करिब ९ बजेको समयमा लिखु खोलाको बिच भागमा बेवारिसे शब फेला परेको हो । लामो समय सम्म पहिचान हुन नसकेको शब चम्पादेवी गाउँपालिका वडा नं २ पलापुको भएको पहिचान खुलेको छ । चम्पादेवी २, पलापुका बीर बहादुर सुनुवारको छोरा अन्दाजी वर्ष ५५।६० को छोटे सुनुवारको भएको प्रहरीले जनाएको छ । मृतकको कान्छो भाई  ३० वर्षीय  बिष्णु सुनुवार घट्नास्थलमा आई, बेवारिसे शब मेरो दाईको हो भनि प्रमाणित गरेपछि शबको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । शबको पहिचान खुलेपछि आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टका लागी मन्थली पठाइएको प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताउनु भयो ।

खोलाको बिच भागमा मान्छेको लास जस्तो बस्तु देखेपछि स्थानियबासीले बिहिबार विहान प्रहरीलाई खबर गरेका थिए । स्थानियबासीले खबर गरे पछि प्रहरी चौकी कालीकाबाट प्रहरी गएको थियो । कालिका प्रहरी चौकीबाट खटिएको टोलीले खोलाको बिचभाग बाट शब निकाल्न नसकेपछी  घोराखोरीबाट इन्सपेक्टरको कमाण्डमा शसस्त्र प्रहरी गएको थियो । शसस्त्र प्रहरी, प्रहरी र स्थानियबासीले  लासलाई खोला बाट झिकिएको छ । लासको उद्धार र  आवश्यक कानुनी प्रकृयाका लागी इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट पनि प्रहरी निरिक्षकको टोली गएको थियो । प्रहरी र शसस्त्र प्रहरी मिलेर नदिको टापुजस्तो ठाउँमा रहेको लासलाई सुरक्षीत निकालीएको थियो । पुरुषको जस्तो देखिने तर  चिन्न नसकिने अवस्थामा रहेको उक्त लास कसको हो, पहिचान हुन सकेको थिएन । बिहिबार साँझ पहिचान खुलेपछि पोष्टमार्टमका लागी साँझ नै रामेछाप पठाईको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया