साताको सुरुका दिनमा फजुल
खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । गरेका
कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ । छोटो
समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले
सताउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा सुन्तला
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य
आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता मित्र जनको साथ सहयोगले उल्लेख्य
कार्य सम्पादन हुनेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । वैदेशिक क्षेत्रको
काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि
बढ्नेछन् । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । शेयर
बजारमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता केही कुराले गर्दा मनमा अशान्ति र
छटपटी व्याप्त हुनसक्छ । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ ।
परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीपूर्वक गरेको काममा समस्या आउन
सक्छ, संयम रहनु होला ।
मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ ।
यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व
भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता नयाँ काममा जुट्ने समय छ । बन्धु
बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मित्रजनबाट साथ सहयोग
मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । रमाइलो यात्राको
योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको
भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता स्थानान्तरण र टाढाको यात्राको
सम्भावना छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ
। पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्मकर्म तथा समाज सेवामा मन पनि लाग्नेछ
। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् ।
रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ
।
यो साता बुद्धिको उपयोग गर्दा
जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ
। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट
धनलाभ हुने देखिन्छ । साताको मध्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ ।
दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेंलो वा कालो हो
। कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो साता मिश्रित रहनेछ । समय व्यवस्थापन
गर्न गारो पर्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला ।
झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । मध्य सातामा मित्रजनको साथ र सहयोगमा
उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ
अङ्क ४,६ र शुभ रङ्ग
घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी
गरेको कार्यबाट सफलता मिल्नेछ ।
यो साता पर्यटकीय स्थलको भ्रमणले मन
लोभ्याउनेछ । खर्च बढेपनि आम्दानी भन्दा खर्च बढी हुनेछैन । मनोरञ्जनमा सहभागिता
भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर
बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । जग्गाजमिनको कारोबारमा राम्रो
प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता स्थान परिवर्तनका विशेष
योग देखिन्छन् । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । आफन्त वा
नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने
रकम हातलागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा
हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा
लाभ मिल्नेछ ।
यो साता मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
यो साता राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ
। यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । विश्वास गरेकाले त्यति साथ नदेलान् ।
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । सोमबारबाट पर्यटकीय स्थलको भ्रमणले मन
लोभ्याउनेछ । । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ । यो साताका लागि
शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
दुर्गाजीको दर्शन गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन
प्रदान गर्नेछन् । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । रमणीय र सुखद् यात्राको
योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति
हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ, तर विश्वासपात्रलाई
वचन दिँदा संयमता अपनाउनुहोला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग
सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक
सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ
रहोस् ।
ज्यो.प.
नारायणप्रसाद दुलाल