केपी ओलीको प्रस्तावमा नेम्बाङको उम्मेदवारी दर्ता

ओखलढुंगा १३, फागुन  । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको प्रस्तावमा सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको लागि शनिबार संसदभवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेको तर्फ बाटनेम्बाङले  उम्मदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक  रहेका छन् । यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णय पनि गरेको जानकारी दिएका छन्

प्रतिक्रिया