चैत २९ । सामुदायिक
वन स्थानीय महासंघ सिद्धिचरण नगरपालिको प्रथम परिषद सम्पन्न भएको छ । सामुदायिक
वनमा भएका विभिन्न समस्याहरुको बारेमा छलफल गर्दै बिहिबार प्रथम परिषद सम्पन्न
भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सामुदायिक वनका समस्या र चुनौतिका विषयमा छलफल
भएको थियो । सामुदायिक वन स्थानीय महासंघ सिद्धिचरण नगरपालिकाको आयोजना तथा
सिद्धिचरण नगरपालिकाको सहकार्यमा परिषद सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।
सामुदायिक वन स्थानीय
महासंघ सिद्धिचरण नगरपालिकाका अध्यक्ष देवकुमार दाहालको अध्यक्षतामा भएको
कार्यक्रममा सिद्धिचरण नगर उपप्रमुख केदारबाबु बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम
सम्पन्न भएको थियो । नगरभरीका सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधीहरुको उपस्थिती
रहेको थियो । उपस्थित अधिकाँस वनकर्मीहरुले सामुदायिक वनमा आम्दानी नहुने भएकोले
लेखा परिक्षण गरि पान नम्बर नविकरण गर्न नसक्ने अवस्थामा रहेको गुनासो गरेका थिए ।
सामुदायिक वनका सामग्रीहरु बिक्रीवितरण गर्न पनि राज्यको झन्जटिलो नीति नियमका
कारण सामन्य सामुदायिक वनका उपभोक्ताहरुले काम गर्न नसक्ने गुनासो गरेका थिए ।
सामुदायिक वन जोगाउँदा आम्दानी पनि नभएको र बाँदरका कारण स्थानीयबासीहरुले आफ्ना
खेतबारीमा कमाई खेति समेत लगाउन नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।