उपनिर्वाचन तनहुँ क्षेत्र नं १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता


बैशाख ११ । तनहुँ जिल्लाको क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फका उम्मेदवार डा. स्वर्णियम वाग्लेको अग्रता रहेको छ । बैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा ५ हजार १९ मतका साथ अग्रता रहेको हो । रास्वपाका स्वर्णिम वाग्लेको ५ हजार १९ मत, नेपाली काँग्रेसका गोविन्द भट्टराईको २ हजार ३ सय ५१, नेकपा एमालेका सर्बेन्द्र खनालको १ हजार ५ सय ४९ मत रहेको छ । चुनावमा ९ दलले सहभागिता जनाएका छन् । चितवन क्षेत्र नं २  र बारा क्षेत्र नं २ मा भने मतगणना भएको छैन । उक्त स्थानमा सोमबार बाट मतगणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । १२ गते सम्म मत गणना परिणाम सार्वजनिक गरिसक्ने बताएको छ । तिन वटै निर्वाचन क्षेत्रमा गरि ६० प्रतिशत मत खसेको छ । बारा जिल्ला क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ क्षेत्र नं १ मा ५३ प्रतिशत मत खसेको छ । गत मंसिर ४ को प्रतिनिधी सभा सदस्य  निर्वाचनमा बारा जिल्ला क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ क्षेत्र नं १ मा ५४ शमलव ०३ प्रतिशत मत खसेको थियो ।

गत मंसिर ४ को प्रतिनिधी सभा सदस्य पदमा भएको निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो । बारा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजबादी पार्टीका रामसहाय यादव उपराष्ट्रपति भएपछि खाली भएको थियो । त्यसै गरि चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामीछानेको सर्वोच्च अदालतले गैरनेपाली नागरिक भएको फैसला गरेपछि उपप्रधानमन्त्रि सहित गृह मन्त्रि र  सांसद पद गएको थियो ।

प्रतिक्रिया