घरमा आगोलागी हुदाँ ३१ लाख भन्दा बढीको क्षती

ओखलढुंगा १५, फागुन । जिल्लाको चिसंखुगढी गाउँपालिका वडा नं. ७ ओख्रेनीमा ब्यक्तिको घरमा आगो लागि बाट घरसहित धनमाल जलेदर नष्ट हुदाँ ३१ लाख भन्दा बढीको क्षती भएको छ । शनिबार बेलुका करिब ६ बजेको समयमा तेज बहादुर गुरुङको घरमा आगो लागेको थियो । घरनजिकै झिक्रा पोल्ने क्रममा आगो अनियन्त्रित भई घरमा सल्किएको बताएका छन् । साँझ ६ बजेदेखि लागेको आगो ८ बजे बेलुका नेपाल प्रहरी र स्थानिय बासीको सहयोगमा नियन्त्रणमा लिएका थिए । तिन तले जस्ताको छानो भएको घर पुरै जलेर नष्ट भएको छ भने घरभित्र भएको सुनचाँदी, भाडावर्र्तन, लत्ताकपडा, खाद्यन्न सबै जलेर नष्ट भएको पिडित गुरुङले बताए ।  घर, सुनचाँदी, खाद्यन्न, लत्ताकपडा लगायतका घरायसी सामग्रीहरु जलेर नष्ट हुदा ३१ लाख २० हजार बरारबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उक्त अगोलागी बाट कुनै मानबिय र पशुचौपयाको क्षती नभएको जिल्ला प्रहरी कर्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिएका छन् ।

प्रतिक्रिया