काठमाण्डौ २२, फागुन । खाना पकाउने ग्यास लिक भई आगोलागीबाट गम्भीर
घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा
सुधार हुँदै गएको छ । मुम्बईस्थित नेशनल
बर्न सेन्टरमा उपचार गराईरहेका सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुदैँ
गइरहेको अस्पतालमा रहेका भण्डारीका दाजु
मिन भण्डारीले बताएका हुन् । चिकित्सकहरू
र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने
दिएका छैनन्। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै
निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला
भण्डारी गम्भीर घाइते भएका थिए। आमा
हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते अस्पतालमा निधन भएको थियो ।
भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो।
भण्डारीको अनुहार, हात र खुट्टाका धेरै जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने
क्रममा छन्।