सोमबार यसरी गर्नुहोस भगवान शिवको पूजा


साउन ११।  हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहररूले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन  छ ।हिन्दु धर्ममा  हप्ताको प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ । यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि व्रत बस्ने चलन छ।

शिवको मन्दिरमा गएर  ‘अर्धनारीश्वर पूजा गर्ने अनि  ‘ऊँ नमः शिवाय मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ ।

सोमबारको व्रत विवाहित महिलाले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् । यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ ।

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिवलाई जोडेर उपासना गर्नु उत्तम मानिन्छ।

ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ । भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोकांंक्षा पुरा गरिदिने मान्यता रहेको छ ।

सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै गरिन्छ। सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ।

यसरी शुरु भएको थियो, सोमबारको व्रत :

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहररू चलिआएका छन। यी कथाहररू मध्ये तीन कथाहररू बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ।

दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

प्रतिक्रिया