बैशाख १० । राट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणले सिद्धिचरण नगरपालिकालाई पोर्टेवल फाइर पम्प र त्यसमा प्रयोग हुने सामग्रीहरु उपलब्ध गराएको छ । संघिय सांसद माननिय रामहरि खतिवडाको पहलमा मेसिन सहित ३० लाख बराबरको सामग्रीहरु उपलब्ध गराएको हो ।
जिल्लाका विभिन्न सामुदायिक वनमा आगलागी भई ठुलो मात्रामा वन र वनपैदावरको क्षति भएको छ । सिद्धिचरण नगरपालिकामा अग्निनियन्त्रक (दमकल) दुई वटा भएपनि जंगलमा ल्याउन लैजान सहज थिएन । पोर्टेवल मेसिन मानिसले बोक्न सक्ने भएकाले अबका दिनमा जंगलमा बोकेर घटनास्थलमै लगेर प्रयोग गर्न सकिनेछ ।
जिल्लाका विभिन्न सामुदायिक वनमा आगलागी हुँदा
नागरिकहरु जोखिम मोलेर आगो नियन्त्रण गर्न जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै
मेसिनको लागि पहल गरि जिल्ला पठाएको सांसद खतिवडाले बताउनु भयो । जिल्ला भरि नै
लगेर प्रयोग गर्न सकिने गरि नगरपालिकालाई बुझाइएको र सबै ठाउँमा
आवश्यक्तानुसार प्रयोग गर्न पनि खतिवडाले
अनुरोध गर्नुभएको छ ।
उक्त मेसिन बाट ६ सय मिटर टाढा सम्म सजिलै पानी फाल्न सकिने र ३ किलोमिटर टाढा
सम्म पानी लैजान सकिने नगरपलिकाका
कर्मचारी सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँलाई राट्रिय विपद् जोखिम
न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणले मेसिन सन्चालन सम्बन्धि तालिम समेत दिइएको छ
। अधिकारीलाई तालिम सँगै आइतबार मेसिन सहित
सामग्रीहरु हस्तान्तरण गरेको हो ।सामग्रीहरु सोमबार नगरपालिकाको कार्यालय
ओखलढुंगामा आईपुग्ने बताएका छन् ।