नेपाली कांग्रेस चिशंखुगढी गाउँ कार्यसमितिको बैठक सम्पन्न


राजकुमार कार्की

माघ १७ । नेपाली कांग्रेस गाउँ कार्यसमिति चिशंखुगढीको विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पालिका सभापति गोपालमान थापाको सभापतित्वमा शनिबार बंठक सम्पन्न भएको हो । चुनाव लक्षित बैठकमा विभिन्न समितिहरुको गठन गरिएको बताएका छन् । आसन्न फागुन २१ को प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई विजयी गराउन फिल्ड सम्म काम गर्ने गरी विभिन्न समितिहरुको गठन गरिएकोे सभापति गोपालमान थापाले जानकारी दिनुभयो ।

पालिका सभापति गोपालमान थापाको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको छ । त्यसैगरी  युवराज वास्तोलाको संयोजकत्वमा १ हजार १ सय ७१ सदस्यीय चुनाव प्रचार प्रसार समिति बनाईको छ । नवराज कार्कीको संयोजकत्वमा १३ सदस्यीय भातृसंस्था परिचालन समिति बनाईएको छ । र टेकराज भट्टराई संयोजकत्वमा ९ सदस्यीय चुनाव अनुगमन समिति समेत बनाइएको छ । बैठकमा विभिन्न खालका चुनावी रणनीतिहरु समेत बनाईको जानकारी दिएका छन् ।

प्रतिक्रिया