जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु


असार २८ । ओखलढुंगामा जिल्लास्तरीय पूरुष ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुक्रबार दिखी प्रतियोगिता शुरु भएको हो । स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि ब्याडमिन्टन भन्ने नाराका साथ प्रतियोगिताको शुरु गरिएको छ । दुइ विधामा सन्चालन भएको खेलमा ३० टिमको सहभागिता रहेको छ । विधा ए तर्फ ११ र विधा बि तर्फ १९ टिमले टिम दर्ता गराएको खेल संयोजक हित बहादुर राईले जानकारी दिनु भयो ।

विधा ए तर्फका प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १५ हजार, १० हजार, ३ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने बताएका छन् । विधा बि तर्फका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमशः १० हजार, ६ हजार, २ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएका छन् । खेल रमाईलो डाँडास्थित कभर्ड हलमा प्रतिस्पर्धा गराइएको छ । रमाईलो डाँडा ब्याडमिन्टन संघका अध्यक्ष सानुबाबु श्रेष्ठको अध्यक्षतामा र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिका प्रमुख कमल तामाङ, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत जिल्लास्थित कार्यालयका प्रमुखहरु खेलप्रेमीहरुको उलेख्य उपस्थिति रहेको थियो ।


प्रतिक्रिया