जबरजस्ती करणीको आरोपमा वडाअध्यक्ष बिरुद्ध मुद्दा दर्ता


 असोज ७ । जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका वडा नं१० का वडा अध्यक्ष बिरुद्ध जाहेरी दर्ता भएको छ । जवरजस्ती करणी गरेको आरोप लगाउदै अध्यक्ष छविरमण धमला बिरुद्ध  शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो ।

अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको भन्दै २५ वर्षिय महिलाले उजुरी दर्ता गराउनु भएको हो । पिडित महिलाको उजुरीका आधारमा असोज ७ गते आइतबार जिल्ला अदालत ओखलढुंगाले आरोपी धमलालाई पक्राउ गर्न आदेश दिएको छ । उजुरी दर्ता भएपछी अध्यक्ष धमला, फोन स्वीचअफ गरी फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 पिडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहनु भएको थियो । श्रीमान विदेश भएको मौका छोपी अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको बताएका छन् । अहिले पिडीत महिलाका श्रीमान घरमा आइसक्नु भएको पनि परिवारले जनाएका छन् । धमला गत स्थानिय चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया