कातिक ९ । हिन्दु धर्मावलम्बीहरूले पूजापाठ गर्दा होस् वा
कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा सबैले शंख बजाउने गरेका छन् । मन्दिरमा, मृत्यु संस्कारमा पनि शंख प्रयोग
गरिन्छ । मन्दिर वा घरको पूजा कोठामा शंख राखेको पाइन्छ। देवी देवताको तस्विरमा
पनि शंख देखिन्छ । शंख, जो समुन्द्री जीवको खोल हो ।
शंख बजाउनु वा शंख राख्नु आडम्बर होइन, शंखको सम्बन्ध हाम्रो शरीर र आत्मासँग
हुन्छ । शंखको प्रयोगले हाम्रो स्वास्थ्यमा एकदमै प्रभावकारी लाभ मिल्छ । शंख
बजाउनु वा राख्नुको वैज्ञानिक कारण छ । शंख बनाउनुको धामिर्क कारण र फाइदा यस्ता
छन् ।
शंख के हो ?
समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह
रत्न मध्य एक रत्न हो, शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ
। यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ ।
शंख कति प्रकारका हुन्छन् ?
शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।
शंखको धार्मिक महत्व
– वास्तुशास्त्र अनुसार शंखको ध्वनिले घरमा
सकारात्मक ऊर्जा प्रवाह गर्छ।
– शंख ध्वनिले वायुमा रहेको विकार हट्ने
विश्वास गरिन्छ ।
– शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने
विश्वास गरिन्छ ।
– शंखको आवाजले सुतेको भूमिलाई जागृत
गराउँछ ।
– यसको ध्वनिले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।
शंखको प्रयोगबाट हुने स्वास्थ्यमा
फाइदा
– शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले
प्रयोग गर्नुको खास फाइदा छ ।
– शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ ।
दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास
क्रियालाई चुस्त राख्न सकिन्छ ।
– शंखमा पानी संचित गरेर त्यसलाई पिउने
चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस
जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
– वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
विभिन्न अनलाइनबाट