तामङ संघ कोशी प्रदेश अध्यक्षमा ओखलढुंगाका सुवास सर्वसहमत चयन


राजकुमार कार्की

 जेठ ३१ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तामङ संघ कोशी प्रदेश अध्यक्षमा ओखलढुंगाका सुवास तामङ सर्वसहमत चयन हुनुभएको छ  । जेठ ३० गते शुक्रबार इटहरीमा भएको प्रथम अधिबेशनबाट तामङ सर्वसहमत अध्यक्षमा चयन हुनु भएको हो । इटहरीको लायन्स क्लबको सभाहलमा सम्पन्न भएको अधिबेशनमा २७ जनाको समिति चयन भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष सुवास तामङले जानकारी दिनुभयो ।

सर्वसहमत चयन भएको समितिमा, उपाध्यक्ष रोहित तामङ उदयपुर, पदम तामङ झापा, महिला उपाध्यक्ष कोपीला तामङ सुनसरी रहेका छन् भने सचिव देबेन्द्र तामङ पाँचथर, सहसचिव पासाङ तामङ मोरङ, महिला सहसचिव प्रिती चेमजोङ तामङ संखुवासभा बाट चयन भएका छन् । सदस्यहरुमा कोशी प्रदेशका विभिन्न भूगोल अनुसारको चयन गरिएको अध्यक्ष तामङले जानकारी दिनुभयो । नेपाल तामङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण तामङ, लगायत नेपाली कांग्रेसका नेताहरुको उलेख्य उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।


प्रतिक्रिया