झगनखबर
चैत ३० । ओखलढुंगा जिल्लाको खिजीदेम्बा
गाउँपालिकामा चटयाङ लागेर एक पुरुषको
मृत्यु भएको छ । गाउँपालीकाको वडा नं ४ खिजीकातीस्थित लोसा निवासी ३८ वर्षिय बमन बहादुर तामाङको चटयाङ लागेर
मृत्यु भएको हो । बिहिबार बेलुका करिब ७ः३० बजेको समयमा घरमा चिया पिउदै गरेको
अवस्थामा चटयाङ लागेको बताएका छन् । दिनभरी खेतबारीमा काम गरेर घरमा आएका तामङ
घरभित्र परिवार सँगै बसेर चिया खाई रहेका थिए । बिजुली चम्कीदै गड्याङ्ग गरेको आवज
सँगै ढलेको र उपचारका लागि स्थानिय
स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकी पु¥याउने बितिक्कै मृत
घोषणा गरिएको किशोर सुनुवारले जानकारी दिनुभयो ।
बिहिबार बेलुका
हावाहुरी र वर्षा सँगै आएको चटयाङमा परि
घरमै बसिरहेका तामङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा भने कुनै क्षती
नभएको पनि बताएका छन् । सँगै बसेका परिवार, श्रीमती र ४ छोरीहरु सकुशल भएको पनि
सुनुवारले बताउनु भयो । जेठी छोरी कक्षा ११ मा माइली छोरी कक्षा ९ मा अध्ययनरत छन्
भने दुईवटा छोरीहरु नाबालक रहेका छन् ।
चट्याङ्गमा परि
मृत्यु भएपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रावादोलुबाट
प्रहरीको टोली तत्काल घट्नास्थल पुगी घट्नास्थल सुरक्षीत गरिएको र शुक्रबार बिहान
ईलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरिक्षकको टोली घट्नास्थल पुगेको थियो
। शुक्रबार आवश्यक सम्पुर्ण कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला
अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी
निरिक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।