१६ मंसिर। बाजुरा र स्याङ्जा क्षेत्र नं. २
मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।आज बिहानको
मत परिणाम अनुसार बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ५ हजार १०६
मतसहित अगाडि छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ९९४ मतसहित
पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर १ हजार ११२ मत छ । यसैगरी स्याङ्जा क्षेत्र
नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् ।
गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी
छन् । अर्यालको मत ९ हजार ५०२ छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप
एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको
थियो ।
१६ मङ्सिर २०७९, शुक्रबार ०७:४६ मा प्रकाशित
265