वैशाख १४। लुम्बिनीमा नेपाली कांग्रेस संसदीय
दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।
८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको
समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले
मुख्यमन्त्री नियुक्त गरेका हुन् । केन्द्रमा फेरिएको सत्ता समीकरणका कारण
माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको
थियो ।
२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला
गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेश प्रमुखले दुई
वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए
।
१४ बैशाख २०८०, बिहिबार ०८:१७ मा प्रकाशित
313