पुष
३० देखि माघ ६ गते सम्म को राशिफल
यो सातामा राजनैतिक र सामाजिक
प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । कुनै कुराले मन
प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मध्य सातामा
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
यो साताका लागि शुभ अङ्क १,९ र शुभ
रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता
हात पर्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साताको सुरुका दिनमा ताके अनुरूप काम
नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।
सामान हराउने वा चोरी हुने भय छ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर
प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका
लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको
दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ
। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक
हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा
एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ
कन्या M टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
यो साता नयाँ ज्ञान सिक्ने मौका
मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
धर्मकर्म, परोपकार
र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले
दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता गरेको काममा ढिलासुस्ती
हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग गर्दा
जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग कालो वा खैरो हो ।
कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त
हुनेछ ।
यो साता शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता चिताएको कामले तीव्रता लिनेछ । आज
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह
बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका
लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता रमाइलो यात्राको योग
रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार
पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग आकाशे पर्पल वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ
।
यो साता यात्रामा झन्झट आइलाग्नेछ । बोल्दा
निकै विचार पुर्याउनुहोला । साथीसँग रमाइलो भेटघाट हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला ।
साताको मध्यबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि
शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा
निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ
। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह
छाउनेछ । तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १, र शुभ रङ्ग गुलाबी
वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल