पुस २५ ।उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा र मातहतका अदालतको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।अस्थाई इजलास ओखलढुंगा मातहतका ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका जिल्ला अदालतहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम ओखलढुंगामा सम्पन्न गरिएको हो ।
उच्च अदालत विराटनगरको अस्थायी इजलास
ओखलढुंगाले बिहिबार चालु आर्थिक वर्ष २०८२÷०८३
को अर्धवार्षिक समिक्षा कार्यक्रम प्रस्तुत गरिएको थियो । इजलासले श्रावण देखि पुष १८ गतेसम्मको अवधिमा
जम्मा १ सय ७२ मुद्दा मध्ये ९४ वटा मुद्दा फैसला गर्न सफल भएको बताएका छन् ।
यी मध्ये अघिल्लो वर्षबाट सरेका ३२ मुद्दा र चालु वर्षमा नयाँ दर्ता भएका १ सय २८ मुद्दा रहेका छन् । अदालतले बाँकी मुद्दाहरू पनि निर्धारित लक्ष्य अनुसार फछर्यौट गर्ने तयारी गरेको बताएका छन् ।
ओखलढुंगा जिल्ला अदालतले ३ सय १८ मध्ये ८७ वटा
मुद्दा फछर्यौट गरेको छ । जुन लगतको आधारमा २७.०४ प्रतिशत हो । खोटाङ जिल्ला
अदालतले ३२४ मुद्दा मध्ये १ सय ३६ मुद्दा फछर्यौट
गरेको छ । जुन ४१.५९ प्रतिशत हो । सोलुखुम्बु जिल्ला अदालतले १ सय ७० मध्ये
७८ वटा मुद्दा फछर्यौट गर्दै ४५.८८ प्रतिशत प्रगति हासिल गरेको कार्यक्रममा
प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष एवं उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका माननीय न्यायाधीश धीर बहादुर चन्दले तीनै जिल्लाका अदालतहरूले सन्तोषजनक कार्य सम्पादन गरेको बताउनु भयो ।
न्यायधीस चन्दले नागरिकलाई न्याय दिलाउने कार्य
अझ उत्साहजनक बनाउन आग्रह समेत गुर्नभयो । उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाको हलमा भएको
कार्यक्रममा अस्थाई इजलास ओखलढुंगाका माननीय न्यायाधीस अरुण कुमार पंजियार, ओखलढुंगा जिल्ला अदालतका नारायण प्रसाद
पराजुली, खोटाङ जिल्लाका जिल्ला न्यायाधीस
पडिन्द्र प्रसाद पराजुली र सोलुखुम्बु
जिल्लाका जिल्ला न्यायाधीस चन्द्र कुमार पोख्रेलको उपस्थिती रहेको थियो ।