राजकुमार कार्की
जेठ २८ ।
जिल्लाको चिशंखुगढी गाउँपालिका स्थित खार्तेखोलामा पुलमा काम गर्नेक्रममा लडेर
दुइजना घाइते भएका छन् । बुधबार अपरान्ह ४ः४० बजेको समयमा पुलबाट तल खसी घाइते
भएका हुन । चिशंखुगढी गाउँपालिका वडा नं ३ र ७ जोड्ने खार्तेखोलामा निर्माण
भईरहेको मोटरेबल पक्की पुलमा काम गर्ने क्रममा तल खसी घाईते भएका प्रहरीले जानकारी
दिएको छ । जलप नेपाल कम्पनीमा कार्यरत भारतका २६ वर्षीय इम्रन मिया र २० वर्षीय
अरमान मिया घाइते भएका हुन् । घाईते दुवैजनालाई जिल्ला अस्पताल रुम्जाटारमा
सामान्य उपचार गरी थप उपचारका लागि चितवन पठाइएको छ । इम्रन मियाको दाँया कुम र
कम्मरमा चोट लागेको छ भने अरमान मियाको बाँया कानबाट रगत आएको र बाँया खुट्टामा
चोट रहेको जिल्ला प्रहारी कार्यालय ओखलढुंगाले
जानकारी दिएको छ ।
२९ जेठ २०८२, बुधबार ०८:४८ मा प्रकाशित
700