राष्ट्रिय प्रजातन्त्र पार्टीले मनायो पृथ्वी जयन्ती


झगनखबर

पुस २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले पृथ्वी जयन्ती मनाएको छ । जिल्ला कार्यसमिति ओखलढुंगाले शुक्रबार कार्यक्रमको आयोजना गरी पृथ्वी नारायण शाहको ३०२ औँ जन्मजयन्ती मनाएको हो । राप्रपाकी अध्यक्ष पदम कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थिती रहेको थियो । रमाइलो डाँडास्थित पाथीभरा होटलको सभाहलमा भएको कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा कार्यकर्ताहरुले पृथ्वी नारायण शाहले गरेको देशको एकिकरणका कारणले आज नेपाली हौँ भन्ने गर्वका साथ भन्न पााएको बताएका छन् । नेपालमा आयातित धर्मका कारण हिन्दु, बौद्ध, किँरात जस्ता पुराना धर्महरु ओझेलमा परेकाले हाम्रा धर्महरुलाई जगेर्ना गर्नु हामी सबै नेपालीको कर्तब्य भएको बताएका छन् ।

प्रतिक्रिया