जेष्ठ नागरिकद्वारा सचेतनामूलक कार्यक्रम सम्पन्न


मंसिर २१ । जेष्ठ नागरिक दिवा सेवा तथा मिलनकेन्द्र सिद्धिचरण नगरपालिका,१२ ले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २१ गते शुक्रबार जेष्ठ नागरिकहरुको सहभागितामा सदरमूकामको गणेशटोलमा कार्यक्रम सम्पन्न भएको हो । लैङ्गि हिँसा बिरुद्ध १६ दिने अभियानको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ध्रुव राजभण्डारीले जाकारी दिनुभयो ।

जेष्ठ नागरिक दिवा सेवा तथा मिलनकेन्द्रका अध्यक्ष ध्रुव राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उलेख्य जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिकले आफ्नो समस्या र गुनासाहरु राख्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिकले गित गाउँदै नाँच्दै रमाईलो समेत गरेका थिए । जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट हुनुपर्ने, सार्वजनिक स्थलमा पहिलो प्राथमिक्ता दिइनुपर्ने जस्ता विषयको बारेमा छलफल समेत गरिएको बताएका छन् ।

प्रतिक्रिया