मेषः चु चे चो ला लि लु ले लो अ
साताको प्रारम्भमा धैर्य वा
पराक्रमी स्वभाव वृद्धि हुनुको साथै नयाँ कार्य कार्यन्वयन गर्नका लागि उचित समय
रहेको छ । कार्यक्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला। साताको मध्यमा सन्तानको
प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई भने शिक्षामा सफलता मिल्नुका साथै
गुमाएको कार्य र नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि सङ्घर्ष गर्नु
पर्ने योग रहेको छ । शत्रुहरू हावी हुनेछन् सावधान रहनुहोस्। सदैव हनुमान चालिसाको
पाठ गरेर दिनको प्रारम्भ गर्दा दिन राम्रो रहला । यो साताको शुभ रंग पहेलो र सेतो
हो भने शुभ अंक ३ र ८ रहेको छ ।
वृषः इ उ ए ओ वा वि वु वे वो
साताको प्रारम्भमा आफन्तहरूबाट
सोचे अनुरुप सहयोग नमिल्नुका साथै व्यापार व्यवसायबाट पनि मनग्य लाभ नमिल्ने योग
रहेको छ l साताको
मध्यमा भने कार्यक्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। कला वा
साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ। साताको अन्तिममा माताको स्वास्थ्यलाई
लिएर चिन्ता रहनेछ। युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय
रहेको छ। आफन्तहरूबाट टाढा हुने योग छ। सदैव देवी दुर्गालाई रातो फुल अर्पण गरेर
दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक २ र ९ रहेको छ।
मिथुनः का कि कु घ ङ छ के को हा
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। आफन्तहरूबाट उपहार
पाइएला। धर्मकर्ममा संलग्न भइएला। साताको मध्यमा सोचे अनुरुपको धनमा लाभ हुनेछ।
प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। साताको अन्तिममा भौतिक सुख
सुविधा जुटाउनको लागि धन खर्च गर्नु पर्ने योग रहेको छ। नोकरी वा पेशामा पहिला
लिएका निर्णयहरूको प्रशंसा हुनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको
प्रारम्भ गर्नुहोस्। यो सातको शुभ रंग हरियो र रातो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
साताको प्रारम्भमा वैदेशिक
रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन्। साताको
मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा नयाँ
कार्यको प्रस्ताव मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई
प्रभावित पार्न सक्नुहुनेछ। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। सदैव भगवान
विष्णुलाई तुलसीदल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र
केसरी हो भने शुभ अंक ५ र ९ रहेको छ।
सिँहः मा मि मु मे मो टा टि टु
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नु हुनेछ। नयाँ
कार्यमा मन लाग्नेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजन गर्ने अवसर रहेको छ । साताको
मध्यमा विगतका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। बिछोडिएका परिवारजनहरूसँग
भेटघाट हुने योग देखिन्छ । साताको अन्त्यमा कार्यक्षेत्रमा आफूमाथि विश्वास राखी
निर्णय लिनुहोला सफलता मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नुका साथै
रुचिको कार्यमा पनि मन जानेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ
गर्नुहोस्। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक १ र ५ रहेको छ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
साताको प्रारम्भमा धन लाभ हुने
योग रहेको छ । व्यापार व्यवसायमा नयाँ अवसरहरू आउनेछन् । विशिष्ट व्यक्तिहरूसँग
निकटता बढ्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा श्रम अनुरूपको सफलता मिल्नेछ। नोकरी
वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। मन ऊर्जावान रहनेछ। साताको अन्तिममा माताको
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। अध्ययनमा प्रगति
हुनेछ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सदैव भगवान शिवलाई जल अर्पण
गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र हल्का हरियो हो भने शुभ
अंक ७ र ९ रहेको छ।
तुलाः रा रि रु रे रो ता ति तु ते
साताको प्रारम्भमा सकारात्मक
विचारले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन लाग्नेछ। निभाउन नसक्ने वाचा नगरौँ।
साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला। खानपानमा विशेष ध्यान दिनु
पर्ने देखिन्छ । सवारी साधनमा धन खर्च हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि
हुनेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। मिडिया र
चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ। प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता
मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला। यो साताको शुभ रंग
खैरो र सेतो हो भने शुभ अंक १ र ६ रहेको छ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
सप्ताहको प्रारम्भमा आर्थिक
संकटहरूको सामना गर्नु पर्ने हुनसक्छ । घरपरिवारमा कलहको वातावरण सिर्जना हुने योग
देखिन्छ । व्यापार र नोकरी वा पेशामा अल्छीपनाबाट सकभर टाढै बस्नु उचित हुनेछ ।
साताको मध्यमा जीवनसाथीको कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ। धर्मकर्ममा मन
लाग्नेछ। साताको अन्तिममा नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नाले
कार्यहरू समयमा नै सम्पादन हुनेछन्। यो साताको शुभ रंग रातो र बैजनि हो भने शुभ
अंक १ र ५ रहेको छ।
धनुः ये यो भा भि भु धा फा ढा
भे
साताको प्रारम्भमा समाजमा मानसम्मानमा वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साताको मध्यमा संगीत र कला क्षेत्रबाट प्रसिद्धि मिल्नेछ। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साताको अन्तिममा व्यापार विस्तारको लागि नयाँ रुपरेखा बन्नेछ। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक ४ र ९ रहेको छ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
साताको प्रारम्भिक समय अनुकूल
रहेको छ। शिक्षाको क्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ। साताको मध्यमा जग्गा जमिनमा
गरिएको निवेशबाट आफ्नो भविष्य सुरक्षित गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा उन्नतिको
अवसर मिल्नेछ। साताको अन्तिममा साझेदारी व्यापारमा हुनुहुन्छ भने सचेत भएर काम
गर्नुहोला। घरको वातावरण सुखमय रहनेछ। जीवन साथीको स्वास्थ्यको विषयमा ध्यान
दिनुपर्ने देखिन्छ । सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो
साताको शुभ रंग गुलाबी र सुन्तला हो भने शुभ अंक ५ र ८ रहेको छ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
साताको प्रारम्भ उत्तम रहनेछ।
सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला। कार्यक्षेत्रमा शत्रुहरू
परास्त हुनेछन्। साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ। विद्यार्थीहरूलाई
अध्ययनमा शिक्षकको सहयोग प्राप्त हुनेछ। साताको अन्तिममा अनावश्यक धन खर्चका योग
बनिरहेका छन्। आर्थिक कारोबारमा अनुभवीजनहरूको सल्लाह लिएर नयाँ निर्णय लिनुपर्ने
हुन्छ। सदैव भैरव भगवानको आराधना गरेर दिनको शुरुवात गरौं। यो साताको शुभ रंग खैरो
र रातो हो भने शुभ अंक २ र ६ रहेको छ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
साताको प्रारम्भमा
आफन्तजनहरूबाट सहयोग मिल्नेछ। नयाँ कार्यको सुरुवात गर्नुभन्दा अघि घरपरिवारमा
सल्लाह अवश्य लिनुहोस्। साताको मध्यमा विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।
राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा पहिला गरिएको कार्यको चर्चा
हुनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा मेहनतले गर्दा लक्ष्य प्राप्ति गर्नमा
सफलता पाइनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। सदैव भगवान विष्णुको
दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक २
र ३ रहेको छ।
ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल