११ पुस, काठमाडौं । प्रतिनिधी सभामा तेश्रो दलका रुपमा रहेको नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड) प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार साँझ नियुक्त भएका प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनेछिन् । नेकपा एमाले लगायत १६९ संसदको समर्थसहित प्रधानमन्त्रीको लागी दावी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । https://www.jhagankhabar.com/news/0sQ56e-2022-12-25-070536 आलो पालो प्रधानमन्त्री, नेकपा एमालेलाई राष्ट्रपति र सभामुखमा भाग बन्डा मिलेको बताएका छन् । प्रचण्डले आज केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थन सहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् ।