चैत २१ । जिल्लाको सुनकोशी गाउँपालिका
वडा नं १ स्थित मोलुङ दोभानमा नुन बहादुर राई
मृतअवस्थामा भेटिएका छन् । सुनकोशी गाउँपालिका वडा नं. १ बस्ने मंगलजित
राईको छोरा अन्दाजी वर्ष ५४ को नुन बहादुर राईको लास मंगलबार भेटिएको हो । राई
विगत १५ दिन देखि हराइरहेका थिए । अहिले
सम्म परिवारले पत्ता लगाउन सकिरहेका थिएनन् । मंगलबार बिहान करिब ९ः३० बजेको समयमा
स्थानियबासीले सुनकोशी नदिको किनारमा मृत अवस्थामा फेला पारेको थिए । बेवारिसे
अवस्थामा लास भेटिए पछि स्थानियबासीले प्रहरी चौकी हर्कपुरमा फोन मार्फत जानकारी
गराएका थिए । प्रहरीले जानकारी पाउन साथ हर्कपुर प्रहरी र जिल्ला प्रहरी
कार्यालयबाट प्रहरी निरिक्षकको नेतृत्वमा
तत्काल प्रहरीहरु घट्नास्थलमा पुगेका थिए । अनुसन्धान पछि उक्त लास बलखुका
नुन बहादुर राईको भएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ
।