सुनकोशी नदिमा हामफालेर एक पुरुष बेपत्ता


राजकुमार कार्की

 जेठ ११ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ माझीगाउँस्थित सुनकोशी नदिमा हामफालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ करिब ५ः४० बजेको समयमा नाम थर वतन नखुलेको अन्दाजी ४५÷५० वर्ष जतिको पुरुष नदिमा हाम फालेर बेपत्ता भएका हुन् । सेतो सर्ट, निलो कालो पाइन्ट, फुस्रो क्याप लगाएको मान्छे नदिमा हाम फालेको स्थानीयबासीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । स्थानीयबासीको सुचनापश्चात  प्रहरीले खोजी कार्य जारी राखेको तर यो समाचार तयार पार्दा सम्म केहि पत्ता नलागेको प्रहरीले जनाएको छ । नदिको नजिकै मकालु सफ्ट कम्पनीको खैरो रङको चप्पल फेला परेको जानकारी दिएका छन् ।


प्रतिक्रिया