बच्चाको लापर्वाहीले घर जल्यो, साँढे तीन लाख बढीको क्षति


झगनखबर

चैत १ । ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका वडा नं १ मोलीमा एक घर आगलागीबाट जलेर  नष्ट भएको छ । ढुंगामाटोले बनेको खरको छानो भएको डिक बहादुर थापा मगरको  घर जलेर नष्ट भएको हो । बिहिबार करिब २ः३० बजेको समयमा घरमा आगलागी भएको थियो । आगलागी हुँदा घरभित्र भएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सम्पुर्ण सामग्रीहरु पुर्णरुपमा नष्ट भएको परिवार श्रोतले जनाएको छ । घरभित्र चुल्होमा बालेको आगो ६ वर्षिय छोरी भूमिका राईले खेलाउने क्रममा आगलागी भएको थियो । बच्चाले आगो खेलाउने क्रममा घरमा आगलागी भएपछि स्थानिय छिमेकीहरुलाई खबर गरेका थिए । स्थानियबासी र निशंखे प्रहरी चौकीबाट गएको प्रहरी टोलीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । उक्त आगलागी बाट तीन लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागीबाट मानबिय तथा पशुचौपया भने क्षति भएको छैन ।  

प्रतिक्रिया