झगनखबर
यो महिनामा
शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको
क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर
बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा
तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा पहेँलो हो । कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र अर्चना गरि गरेको कार्यबाट अधिक सफलता
मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
वृष राशिका लागि पुष महिनामा
बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्न सक्छ । नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ
। मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता
मिल्नेछ । घर ,जग्गा
खरिद तथा बिक्रीको योग छ । शेयर बजारको लगानी पनि फस्टाउनेछ । यो महिनाको लागि शुभ
अङ्क १,७ र शुभ
रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक
सफलता मिल्नेछ ।
यो महिनामा तपाईंलाई एकपछि
अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात
पर्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सवारी साधन खरिद गर्ने योजना बन्ला । आत्मबल
बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ
। यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
श्रीकृष्ण भगवानको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
पुष महिनामा लामो समयदेखि रोकिएको कामको
गाँठो फुक्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्य व्यवसायको थालनीका
लागि महिना उत्तम रहनेछ । भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने
देखिन्छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । प्रेम जीवन
पनि सुखद् रहनेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
पुष महिनामा धार्मिक यात्राको
योग छ । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । कामका विभिन्न अवसर फेला पर्ने
छन् । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । राजनैतिक कार्यमा सफलता
मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयर बजारको लगानी फस्टाउनेछ । धार्मिक
यात्राको योग पनि छ । ब्यापार व्यवसायबाट आम्दानी नै हुनेछ । यो महिनाको लागि शुभ
अङ्क ३,८ र शुभ
रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा
अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो महिनामा घर परिवारमा
झैझमेलाको अवस्था आउला । विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन् । सरकारी
निकायको भय रहला, सावधान
रहनुहोला । शेयर बजारको लगाले राम्रै प्रतिफल देला । महिनाको अन्त्यमा तार्किक
क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई
बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क
३,९ र शुभ
रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरि आरम्भ गर्दा
अत्यन्त लाभ प्राप्त हुनेछ ।
यो महिना धर्मकर्म तथा समाजसेवामा मन
लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । शेयर बजार र वाणिज्य
क्षेत्रबाट विशेष लाभ रहनेछ । नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छन् । कला र
मनोरञ्जनमा अभिरुचि जाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय
छ । यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक राशिका लागि यो महिनामा रोकिएका
काम पुनः सुरु हुन सक्छन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा
चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक मान
प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । यो
महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु
भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
पुष महिनामा समग्रमा सकारात्मक महिना रहेको
छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । महिनाको
उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका
व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि
शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व
शिवालयको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ ।
बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ ।
स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा
सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प
सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का
पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको
ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
भित्रैबाट मन पर्ने
व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । कृषि क्षेत्रबाट सफलता र
रमाइलो यात्रा हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मठमन्दिरको
भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यावसायिक काममा राम्रै फड्को
मार्न सकिनेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता
मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
मीन राशिका लागि यो महिना लाभदायी नै रहनेछ
। पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । विपरीत वर्ग
प्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा
संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो
विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो
महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट
देवताको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल