२२ मंसिर, काठमाण्डौ । मंसिर ४ मा सम्पन्न
भएको प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक मतमा नेकपा
एमाले अगाडी रहेको छ । देशै भरी दलहरुलाई आएको मत सबै भन्दा बढी एमालेको रहेको छ ।
जम्मा खसेको सदर मतको २७.३१ प्रतिशत मत अर्थात २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।
प्रत्यक्षमा भने ४४ सिट जितेको छ ।
प्रत्यक्ष सिटमा सबै भन्दा बढी सिट ५७ सिट जितेर नेपाली कांग्रेस पहिलो दल
भए पनि समानुपातिक मतमा भने दोश्रो भएको छ । जम्मा खसेको सदर मतको २६.०६ प्रतिशत
अर्थात २७ लाख १५ हजार २२५ मत पाएको छ । त्यसै गरि ११ लाख ७५ हजार ६८४ मत प्राप्त
गरि नेकपा माओबादी केन्द्र तेश्रो दल भएको छ । नेकपा माओबादीले १८सिट जितेको छ ।
२२ मङ्सिर २०७९, बिहिबार ०९:०९ मा प्रकाशित
285