झगनखबर
असोज १ । कुटपिट गरी हत्या गरेको
आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा
नं २ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको हत्या आरोपमा पक्राउ गरिएको हो । कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको
अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुन र संलग्न अन्य ३ जनालाई गएराति
प्रहरीले पक्राउ गरेको छ । तीजको नाँच भईरहेको स्थानमा साथी साथी बिच झगडा भएको
थियो । उक्त झगडामा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
रुपन्देहीमा उपचारको क्रममा मृत्यु
भएको थियो । खत्रीको मृत्यु भएपछी घट्नामा
संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास प्रहरी चौकीबाट खटिएको
प्रहरीले पक्राउ गरेको छ । आरोपीत माथी थप अनुसन्धान भईरहेको प्रहरी प्रधान
कार्यालय काठमाण्डौले जनाएको छ ।