मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो हप्ता आदर्श व्यक्तित्व
सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कृषि कार्यमा सफलता हात लाग्नेछ । समाजमा
प्रभाव बनाउन सकिनेछ । रोकिएका कार्यहरू पनि पुन सञ्चालनमा आउनेछ । साताको
अन्त्यमा आत्मघाती काम गर्न पुगिएला, सचेत हुनु पर्छ । यो साताका
लागि शुभ अङ्क ५,८ र शुभ
रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य
आरम्भ आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो साता नजिकैको मित्रसँग
भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर
जुट्न सक्छ । कृषि क्षेत्रबाट राम्रै लाभ हुनेछ । साताको मध्यमा मन खिन्न हुने
स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सेतो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता काम देखाएर अरूको मन
लोभ्याउन सकिनेछ । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट
उपलब्धिमूलक रहनेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ । साताको अन्त्यमा
चोटपटकको सम्भावनाका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा गुलाबी हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक
सफलता हात पर्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
साताको
सुरुवातमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । अल्ली बढी व्यस्त रहन पर्नसक्छ । ताके
अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको उत्तरार्धबाट साथी भाइको भेटघाटले मन
प्रफुल्ल रहला । नयाँ काम वा रोजगार पनि पाइन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग पर्पल वा घ्यूरङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व मान्यजनको सल्लाह लिई कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता अत्यन्तै शुभ रहेको छ । समयको
सदुपयोग गर्नसके सर्वाधिक फाइदा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक
सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति
सजग रहनु पर्छ र रिसराग लाई नियन्त्रण गर्न पनि जरूरी छ । यो साताका लागि शुभ अङ्क
४,९ र शुभ रङ्ग सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो सातामा घर परिवारमा
मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईँका
मेहनतको प्रशंसा गर्नेछन् । अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ । साहित्यिक
क्षेत्रमा झुकाव हुनेछ, तर
स्वास्थ्य प्रति चैं सचेत रहनै पर्छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग हरियो वा निलो हो
। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता नयाँ र नयाँ र शुभकार्यको अवसर पनि
मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ
। आफन्तको प्रगतिमा मन रमाउनेछ । मध्य सातामा मन खिन्न हुने र अनावश्यक ठाउँमा धन
खर्च होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता
हात पर्नेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो हप्ता सुखदुःख बराबरी खालको समय छ ।
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ । करियरको लागि मनमा दुबिधा र
खुल्दुली उत्पन्न हुनेछ । मध्य सातामा भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा
हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल
वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गर्नाले अधिक
सफलता हात पर्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो सातामा पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि
बढ्नेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । आकस्मिक धनलाभ पनि
हुनसक्छ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ
। यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग हरियो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व
गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा
सफलता पाइनेछ । नयाँनौलो समाचार सुन्न पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्र पनि
फलदायी नै हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ
।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो साता शुभ समाचार सुन्न पाइएला । घरमा
नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।
राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ । शेयर
बजार पनि नोक्सानदायी रहला । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता
मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
साताको पूर्वार्द्धमा गरेका काममा ढिलासुस्ती हुनेछ । जिद्दीपनाले गर्दा सम्बन्ध बिग्रने डर छ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको उत्तरार्ध बाट एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल