बैशाख ६ । ओखलढुंगाको चम्पादेवी
गाउँपालिका वडा नं. १ स्थित डान्सीटारमा घरमा आगलागी हुँदा ९ लाख भन्दा बढीको
क्षति भएको छ । बुधबार अपरान्ह ४ बजेको समयमा चमारे मगरको घरको चुल्होबाट शुरु
भएको आगोले चमारे मगर सहित भाई खम्ब बहादुर मगरको समेत घर सहित पशुपन्छी जलेको
स्थानियले बताएका छन् । चमारे मगरको ढुंगामाटोले बनेको फुसको छानो भएको १ तले
घर र घरभित्र भएका भाँडावर्तन, लत्तकपडा, खाद्यन्न लगायतका सामग्री जलेर नष्ट
भएको छ भने घर नजिकै भएको मतान घर समेत जलेर नष्ट हुँदा मतानमा बाँधेका २ वटा
र्भैँसी, १ हल गोरु, २ वटा खसी,४ वटा बाख्रा समेत जलेर नष्ट भएको
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । उक्त घर मतान लगायत
पशुचौपाया जल्दा ४ लाख ५० हजार भन्दा बढीको क्षति भएको छ । चमारे मगरको घर नजिकै
रहेको भाई खम्ब बहादुरको पनि घर मतान सहित पशुचौपाया जलेर नष्ट हुँदा ४ लाख ५०
हजार भन्दा बढीको क्षति भएको पनि प्रहरीले जनाएको छ । भाई खम्ब बहादुरको १ तले
फुसको छानो भएको ढुंगामाटोले बनेको घर र घर भित्र भएका खाद्यन्न, लत्ताकपडा, भाँडावर्तन र मतानमा बाँधेर राखेका १
वटा खसी, २ वटा बाख्रा, १ वटा गोरु र ६ वटा सुँगुर समेत जलेर
मरेका थिए । उक्त आगलागीबाट पनि ४ लाख ५० हजार भन्दा बढीको क्षति भएको बताएका छन्
। दाजुको घरबाट शुरु भएको आगोले दाजु भाईकै घर र
पशुपन्छी जलेर नष्ट हुँदा ९ लाख भन्दा बढीको क्षति भएको छ ।