झगनखबर
भदौ ३ । राष्ट्रपति रामचन्द्र पौडेलबाट
संविधान दिवसका अवसरमा छ सय ७० जना कैदीको माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को
सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको हो ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)
ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक
ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको
राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत
भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा
गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

३ असोज २०८०, बुधबार ०८:०२ मा प्रकाशित
682