किसानलाई यथाशिघ्र क्षतिपुर्ति दिन गगन थापाको माग


 माघ १८, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  साना किसानलाई छिटो क्षतिपूर्ति  दिन माग गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न सरकारलाई आग्रह गरेका हुन् । बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड रुपैयाँ रहेको छ । थापाले उक्त रकम दिन ढिलाइ नगर्न आग्रह गरेका हुन् । उनले भनेनियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ उनले भनेÙ æमेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो < अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो कि <Æ

 

प्रतिक्रिया