माघ १, काठमाण्डौ । नेपाल सरकारले माघ २ गते शोक बिदा दिएको छ । पोखरा बिमान दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली दिदै शोक बिदा दिएको हो । आइतबार बिहान करिब ११ बजेको समयमा काठमाण्डौ बाट पोखराको लागी उडेको यति एअरको ब्त्च् ७२ बिमान पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो । चालक दलका ४ जना सहित ६८ जना यात्रुहरु सवार थिए । माघ १ गते आइतबार गृहमन्त्रालयले बिज्ञप्ति प्रकाशन गरि शोक बिदा दिएको हो । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, æपोखरा महानगरपालिका १५, नयाँगाउँस्थित सेति नदीको खाँ]चमा दुर्घटना भएको घटना प्रति दुःख ब्यक्त गर्दै मिति २०७९ साल माघ २ गते सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोकबिदा दिने तथा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको 5 ।