यो हप्ता पुनर्मिलनको योग रहेको
छ । शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र
नोकरीबाट मानसम्मान मिल्नेछ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति
सजग रहन आवश्यक छ । मध्य सातामा चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत
रहनुहोला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता पारिवारिक जीवन
सन्तोषप्रद रहनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । आदर्श ब्यक्तिको
सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक तथा
धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । रोकिएका
घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै
शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो साता प्रतिस्पर्धामा सफलता
पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफ्नै कमजोरीले विवादमा परिएला । अधिकार
प्रातिका लागि संघर्ष गर्नु पर्ला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । चोटपटकको
भय छ सचेत रहनुहोला । मङ्गलवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक
कार्य अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग बैजनी वा निलो हो
। कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो
हुन्छ ।
यो साता विद्या तथा प्रतिष्पर्धामा सफल
भइनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । धार्मिक कृत्यमा
सहभागीको अवसर मिल्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न
हुनसक्छ । भौतिक साधन जुटाउने समय छ । मध्य सातामा प्रेममा मनमुटाव रहला ।
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग गुलाबी
वा निलो हो । शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक लाभ प्राप्त हुनेछ ।
यो साता पुरानो र बिर्सिसकेको
साथीको सम्झना आउनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । एकपछि अर्को अवसर आउनाले
मन प्रसन्न रहनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । साताको
उत्तरार्धबाट विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट
मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सिन्दुरे हो ।
कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरे सफलता मिल्नेछ ।
मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा
प्रगति हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सामाजिक र धार्मिक
कार्यमा रुचि बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा
फाइदा हुने योग छ । स्वास्थ्य र शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । घरमा
पाहुनाको आगमन हुने सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व भोले बाबाको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो
हुनेछ ।
यो सातामा मन खिन्न हुने स्थिति
आउनेछ । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । सानातिना
समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ । शेयर बजार तथा व्यापार व्यवसायमा
नोक्सानी बेहोर्नु पर्ला । बुधबारबाट विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक
तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व महादेवको आराधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त
हुनेछ ।
धार्मिक र सांस्कृतिक
सभासमारोहमा सरिक हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइबाट सहयोग
प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । रमाइलो
यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा सेतो हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
यो हप्तामा प्रेमीको सहयोग
पाइनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ
। आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नजिकको
मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ ।
यो साताका लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग सिन्दुरे वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन
गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता प्राविधिक कार्यमा
सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो
यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । प्रेम र
मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा
अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभ
अङ्क ३,५ र शुभ
रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो सातामा दैनिक व्यवहारमा खर्च बढ्न सक्छ
। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । आर्थिक कारोबारमा मन्दी
आउनेछ । साताको उत्तरार्धबाट प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय
रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन
हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म
गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साता रोकिएको काम दोहोर्याएर प्रयत्न
गर्दा सफलता मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । रोकिएको
काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय
कार्यान्वयन हुन सक्दैनन् । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो
हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल