घरमा आगोलागि हुँदा ७ लाख भन्दा बढीको क्षति

 चैत २८ । जिल्लाको मोलुङ गाउँपालिकामा ब्यक्तिको घरमा आगोलागि हुँदा ७ लाख बराबरको क्षति भएको छ । मोलुङ गाउँपालिका ५, केउरीनी  निवासी तेज बहादुर मगरातीको घरमा आगोलागि भएको हो । मंगलबार राती करिब ११ः४५ बजे घरमा बिजुलीको तार सर्ट भएर आगोलागि भएको प्रहरीले जानकारी दिएको छ ।  स्थानीयबासी र प्राप्चा प्रहरीको सहयोगमा राती २ बजे तिर पूर्णरुपमा आगो नियन्त्रणमा लिएको जानकारी दिएका छन् । आगोलागिले नगद रु एकचालीस हजार, दुईतोला सुन, अन्नपात लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ढुंगामाटोले बनेको ढुंगाकै छानो भएको दुइतले घर जलेर नष्ट भएको हो ।  

प्रतिक्रिया