पुस २७, ओखलढुंगा । सिद्धिचरण
नगरपालिका १ नं. वडा कार्यालय
तलुवाले टुहुरो बच्चालाई दुध खानको लागी
दुहुनो गाई दिएको छ । तलुवा मुलघाटकी २०
वर्षीय कल्पना भुजेलको पुस २० गते निधन भएको थियो । उसको ७ महिने छोरा मावली
हजुरआमा सँग भएको र दुध खानको लागी कुनै उपाय नभएपछि वडा कार्यालयको १५ हजार र
वडाअध्यक्ष तिर्थ घिमिरेको ब्यक्तिगत ५ हजार गरी जम्मा २० हजारको दुहुनो गाई
दिइएको अध्यक्ष तिर्थ घिमिरेले बताए । नगरपालिकाको तर्फ बाट पनि रु १० हजार नगद सहित
पोषीलो खानेकुरा दिएको बताएका छन् ।
सामान्य परिवार भएकाले बच्चालाई पालन पोषण गर्न समस्या नहोस भनेर सहयोग गरेको मेयर
तेजेन्द्र खनालले बताए । कलिलै उमेरमा च्यानमका कैलास कटवाल सँग भागी विवाह गरेकी
कल्पनाले २० वर्षकै उमेरमा गत जेठमा छोरो जन्माएकी थिईन । बच्चा जन्मे पछि श्रीमान
(प्रकास) ले वास्ता गर्न छोडेका थिए । श्रीमानले छोडेपछि दुधे बालक सहित काठमाण्डौमा ज्यामी काम गर्दै
बसेको माइती परिवार श्रोतले जनाएको छ । गत मंसिर २२ गते काठमाण्डौबाट तलुवा
माईतिमा आएकी कल्पनाको पुस २० गते सामुदायिक अस्पताल मिसन सोब्रुमा कल्पनाको निधन
भएको थियो । सुत्केरी भएको समयमा हेरचाह नभएको र खाना पनि नपाएका कारण कुपोषणले
निधन भएको माइति परिवारले बताएका छन् ।