सोलुखुम्बुमा हिमपोखरी फुटेको आशंका


साउन ३२ ।  खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ५ थामेक्षेत्रमा बाढी पसेर ठुलो क्षति भएको छ । सोलुखुम्बु जिल्ला हिमपोखरी फुटेर भेलबाढी आएको  आशंका गरिएको हो । स्थानियबासीका अनुसार हिमपहिरो फेटेर थामेक्षेत्रमा बाढी पसेको हो । प्रमुख जिल्ला अधकिारीका अनुसार, हिमपहिरो फुटेर हो वा अन्य कुनै कारणबाट बाढी आएको यकिन हुन बाँकी रहेको छ । थामेक्षेत्रमा ठुलो क्षति भएको खबर आएपनि विवरणहरु आइनपुगेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनु भयो । जिल्ला सदरमुकामबाट धरै टाढा भएको हुनाले तत्काल सुचना संकलन गर्न कठिनाई भएको छ । दुधकोशी तटीय क्षेत्रका नागरिकहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

थामे आसपास ठुलो बाढी आएका कारण सोलुखुम्बुको जोरसल्लेदेखि तल दुधकोशी को तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई अर्काे सुचना जारी नभए सम्मको लागि उच्च सतर्कता अपनाई सुरक्षीत साथ सुरक्षीत स्थानमा रहन जल तथा मौसम विज्ञान विभागले सुचना जारी गरेको छ ।

प्रतिक्रिया