ओखलढुंगा २१, फागुन
। चिसंखुगढी गाउँपालिका वडा नं ३ स्थित राहुटारमा भएको बुलेरो दुर्घटनाका
घाइतेहरुलाई हेलीकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ । आइतबार
बिहान करिव ७ वजेर ४५ मिनेट जादा भएको
दुर्घटनामा दुइजनाको घटनास्थलमै मृत्यू भएको हो । चिसंखुगढिको खानीभञ्ज्याङबाट
ओखलढुंगा तर्फ आउदै गरेको ना १ ज ८४८३ नम्बरको बलेरो गाडी दुर्घटनामा परि
चिसंखुगढि ३ का बर्ष ५२ को मिन बहादुर श्रेष्ठ र चिसंखुगढि ३ कै ७० बर्षिय भत्त
बहादुर थापाको घटना स्थलमै ज्यान गएको हो । यसै गरि सोहि दुर्घटनामा परि १२ जना
घाईते भएका छन । घाईते हुनेहरुमा १० जना
गंभिर घाईते भएको र थप २ जना सामान्य घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जनाएको छ ।
गंभिर घाईते हुनेहरुमा चिसंखुगढि गाँउपालिका ३ खानिभञ्ज्याङ बस्ने गाडी चालक सुमन कार्की , चिसंखुगढि २ बस्ने बर्ष ५७ की तिल कुमारी श्रेष्ठ, चिसंखुगढि १ का बर्ष २२ को खेम बहादुर खत्री, चिसंखुगढि ३ बस्ने बर्ष २६ की सर्मिला श्रेष्ठ, चिसंखुगढि २ बस्ने बर्ष १३ की आयुशा श्रेष्ठ र चिसंखुगढिका ४२ बर्षिय केन्द्र बहादुर काकी रहेका छन । यसै गरि घटनामा परि गम्भीर ेघाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका १० वेतिनि बस्ने तुलसा धमाला र निजको छोरो विनय धमला, चिसंखुगढि ३ बस्ने बर्ष ५० की तिर्थ लक्ष्मी श्रेष्ठ, चिसंखुगढि ४ बस्ने बर्ष ४ की लरिसा श्रेष्ठ, मोलुङ १ बस्ने ३५ बर्षिय जानुका धमला र ४ बर्षिय कोसिस धमला रहेका छन । गम्भीर घाईतेहरुमा चार जनालाई सिम्रिक एयरको हेलिकप्टर र बाँकी ६ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौको टिचिङ हस्पीटल पु¥याईएको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यसै गरि बाकी दुईजना सामान्य घाईतेहरुलाई एम्बुलेन्स मार्फत सामुदायिक मिसन अस्पताल सोब्रु लगिएको छ ।