२३ मंसिर, काठमाण्डौ । कुनै पनि राजनितिक
दलले राष्ट्रिय दलको मान्यता पाउनको लागि कम्तिमा एक सिट प्रत्यक्षमा निर्वाचित
हुनु पर्ने र कुल खसेको सदर मतको ३ प्रतिशत समानुपातिक मत ल्याउनु पर्ने ब्यवस्था
छ । थ्रेसहोल्ड नकटाउने (कम्तिमा ३ प्रतिशत समानुपातिक मत नल्याउने) दल राष्ट्रिय
दलको मन्यता प्राप्त गर्न सक्दैनन् । नेपालको संविधान २०७२ मा कम्तिमा एक सिट
प्रत्यक्षमा जित्नु पर्ने र समानुपातिक मत ३ प्रतिशत कटाउनु पर्ने ब्यवस्था गरेको
छ । यो
ब्यवस्थाले साना दलहरुलाई समस्या भएको छ । गत मंसिर ४ गते सम्पन्न
प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एकीकृत समाजबादी पार्टी राष्ट्रिय दल
बन्न सकेन । देशभरी बाट समानुपातिक मत तिन प्रतिशत पाउन सकेन । नेपाली कांग्रेस
सँगको गठबन्धनमा चुनावमा गएको नेकपा एसले प्रत्यक्षमा भने १० सिट जितेको छ ।
निर्वाचन आयोगका अनुसार २ लाख ९८ हजार ३९१ समानुपातिक मत पाएको छ । प्राप्त यो
समानुपातिक मत २.८६ प्रतिशत हो । यसका
आधारमा नेकपा एस राष्ट्रिय दल बन्न सकेन ।