झगनखबर
असोज ८ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा
नं ५ मा अरिङगालले टोकेर एक पुरुषको ज्यान गएको छ । अरिङगाल काट्न गएका ५९ वर्षिय
भुवन सिँह मगरको ८ गते सोमबार दिउँसो
ज्यान गएको हो ।
सोमबार विहान करिब ११
बजेको समयमा अरिङगालले टोकेर बेहोस भएका मगरको उपचारको लागी सामुदायिक अस्पताल
मिसन सोब्रुमा लगिएको थियो । उपचारकै क्रममा दिँउसो करिब २ बजेको समयमा मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
बिहान करिब साँढे १०
बजेको समयमा घरनजिकै काभ्राको रुखमा अरिङगाल झिक्न रुखमा चढेका मगरलाई रुखमै
अरिङगालले टोक्न थाले पछी रुखबाट झरेका थिए । रुखबाट झरेर भागेका बृद्धलाई लखेटी
लखेटी टोकेर बेहोस बनाएको थियो । बृद्ध मगर भाग्दै गाईगोठको नजिक पुग्नु भएको थियो
। अरिङगालको गोलै खनिएपछी भाग्न नसकेर उक्त गोठ नजिकै ढल्नु भएको थियो । कान्छी
बुहारी गोठमा जाँदा ससुरा ढलेको र ढलेकै
अवस्थामा टोकीरहेको देखेपछी हारगुहार गर्नुभएको थियो । कान्छा छोरा र छिमेकी समेत
उपस्थित भएर धपाउने प्रयास गरेका थिए । धपाउने मान्छेलाई पनि टोक्न आएपछी ¥येनकोट (बर्सती)
लगाएर गएपछी धपाउन सफल भएको कान्छी बुहारीले जानकारी दिनुभयो । ढलेकै अवस्थामा
नाँक र मुखबाट रगत बगेको थियो । उपचारको लागी सामुदायिक अस्पताल मिसन सोब्रुमा १२
बजे पु¥याईएको थियो ।
उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा मृत्यु
भएपछी जिल्ला प्रहरी कार्यालयमा आफन्तले खबर गरेका थिए । खबर प्राप्त हुनसाथ
प्रहरी अस्पतालमा पुगी आवश्यक कानुनी प्रकृया पुरा गरेर लासको पोष्टमार्टमका लागी
जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी
दिएको छ । मृतक मगर, ३ छोराबुहारी मध्य जेठा छोराबुहारी सँग श्रीमती हर्कमाया मगरको साथमा
बस्दै आउनु भएको थियो । जेठा छोरा रोजगारीको सिलसिलामा बिदेश हुनुहुन्छ भने बुहारी
काठमाण्डौमा हुनुहुन्छ । घरमा बृद्ध श्रीमान श्रीमती मात्रै बस्दै आउनु भएको वडा
समिति सदस्य नन्द बहादुर मगरले जानकारी दिनुभयो ।
गोठमा भएका गाई
गोरुलाई समेत टोकेर घाइते बनाएको छ ।