राजकुमार कार्की
फागुन १० । नेपाली कांग्रेसको भातृसंगठनको
रुपमा रहेको नेपाल प्रजातन्त्र सेनानी संघमा ओखलढुंगाका बालकृष्ण दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ
। काठमाण्डौमा भएको दोश्रो महाधिवेशनबाट दाहाल निर्विरोध निर्वाचित हुनु भएको हो ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखी महाधिवेशन सुरु भएको थियो । सेनानी संघको
पहिलो महाधिवेशन ५३ सालमा भएको थियो । २८ वर्ष अघि महाधिवेशन भएर निष्क्रिय रुपमा
रहेको संघलाई दाहालले सक्रिय बनाउनु भएको थियो । केहि समय अगाडी सेनानी संघको
तदर्थ समितिको केन्द्रीय सभापतिको जिम्मेवारी लिनुभएका दाहालले ७७ वटै जिल्लामा
जिल्ला कार्यसमितिको चयन गरी केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पहल गर्नुभएको थियो
। शहिदपुत्र दाहाल,२०६४ साल र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसतर्फ
बाट उम्मेदवार समेत हुनुहुन्थ्यो ।