टिफर दुर्घटना हुदा दुईजना घाईते


चैत ३१ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको हिलेपानीमा टिफर दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । शनिबार राती करिब ११ः४० बजेको समयमा भएको दुर्घटनामा चालक र सहचालक घाईते भएका हुन् । उयपुरको मिर्चैयाबाट सिमेन्ट लिएर सोलुखुम्बु तर्फ जाँदै गरेको ना ७ ख ५९८४ नम्बरको टिफर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार, कटारी नगरपालिका४ बस्ने अन्दाजी वर्ष २३ का चालक अम्बर राउत घाइते भएका छन् । उहाँको टाउकोमा चोट लागेको छ । त्यसैगरी ऐऐ बस्ने सहचालक वर्ष १९ का आसिष पुलामीको टाउको कम्मर र शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । उहाँहरु दुवैजनालाई घुर्मीस्थित जनसेवा पोलीक्लीनिकमा उपचार भईरहेको छ । दुवैजना घाइतेको अवस्था मध्यम रहेको जनाएका छन् । टिफर सडकबाट करिब २० मिटर तल झरेको छ । अन्य सवारी साधनलाई अवरोध गरेको छैन । दुर्घटना भएको जानकारी पाउनसाथ हर्कपुर प्रहरीले उद्धार गरी घाईतेलाई उपचारमा पठाएका छन् ।

प्रतिक्रिया