राजकुमार कार्की
चैत १३ ।
चम्पादेवी गाउँपालिकाको नाममा जग्गा भएको
ठाउँमा पालिका प्रमुख नवराज केसीको नाममा कुनै पनि जग्गा नभएको पाइएको छ । अध्यक्ष
केसी सँग जोडिएको किता नं ९६४ को जग्गा अहिले
गाउँपालिका भएको स्थानको आसपास नभई साविक पलापु गाउँविकास समिति वडा नं ८ नवलपुरघाटमा
जगत प्रसाद लुइटेलको नाममा भएको जिल्ला
माल्पोत कार्यालय ओखलढुंगाले पुष्टी गरेको छ ।
मालपोत कार्यालयका अनुसार, ९६४ कित्ता नम्बरको जग्गा साविक पलापु गाविस वडा नं ८ निवासी डम्बर बहादुर माझीको नामबाट २०६७ साल पुस २९ गते जगत प्रसाद लुइटेलको नाममा पास भएको थियो । जगत प्रसाद लुइटेलको नामबाट मिति २०७५ साल जेठ २० गते कित्ता नं १०४० को ७ रोपनी जग्गा नवराज केसीको नाममा पास भएको थियो । उक्त जग्गा स्थानीय चलनचल्तीको मूल्य अनुसारको पैसा लिई नियमानुसार नवराज केसीलाई बेचेको जगत प्रसाद लुइटेलले बताउनु भयो । उहाँले, यो जग्गाको कारोबार हाम्रो नितान्त ब्यक्तिगत कारोबार भएको बताउनु भयो । उक्त जग्गा नवराज केसीबाट पनि अन्य ब्यक्तिको नाममा बेचविखन भई नामसारी समेत भइसकेको मालपोत कार्यालयले जानकारी दिएको छ ।
गाउँपालिकालाई निःशुल्क जग्गा दिने दाताहरु
यसप्रकार छन् ।
१. बल बहादुर तामङले
कित्ता नं ६४४ को ८ आना ।
२. रित बहादुर
श्रेष्ठले कित्ता नं २१७ को २ रोपनी ।
३. मोतीलाल तामङले
कित्तानं ९ बाट १ रोपनी १३ आना ३ पैसा ।
४. शेख बहादुर
श्रेष्ठले कित्ता नं ८ को ६ रोपनी ७ आना २ पैसा
५. बीर बहादुर तामङले
कित्ता नं १० को २ रोपनी ७ आना ३ पैसा १ दाम ।
६. मेख बहादुर
श्रेष्ठले कित्ता नं ६३८ को ३ रोपनी
७. चेतनाराण
श्रेष्ठले कित्ता नं १९८ को ४ रोपनी १ आना ३ पैसा ।
८. शुक्रमाया
श्रेष्ठले कित्ता नं २०० को ८ आना ।
९. टेक बहादुर तामङले
कित्ता नं ११ को २ रोपनी १० आना १ पैसा २ दाम ।
१०. ठनमाया श्रेष्ठले
कित्ता नं २० को २ रोपनी ४ आना २ पैसा ।
११. ठनमाया श्रेष्ठले
कित्ता नं २१ को ६ आना १ पैसा १ दाम ।
१२. रिख बहादुर
तामङले कित्ता नं २०६ को ५ आना ।
१३. चेतनारायण
श्रेष्ठले कित्ता नं १७ को ७ आना २ पैसा ।
१४. चेतनारायण
श्रेष्ठले कित्ता नं १९ को ६ आना ३ पैसा ३ दाम ।
गरी जम्मा २७ रोपनी २ आना १ पैसा ३ दाम रहेको छ
।
चम्पादेवी
गाउँपालिकाको नाममा २७ रोपनी २ आना १ पैसा ३ दाम जग्गा निशुल्क प्राप्त भएको छ ।
पालिका भवन लगायतका संरचनाहरु निर्माण गर्न स्थानीय बासीले पालिकाको नाममा
निःशुल्क जग्गा वितरण गरेका हुन् । स्थानीय नागरिकले विभिन्न मितिमा गाउँपालिकाको
नाममा २४ रोपनी १० आना १ पैसा ३ दाम र ३ नं वडा कार्यालयको नाममा २ रोपनी ८ आना
जग्गा पास रहेको जिल्ला मालपोत कार्यालय ओखलढुंगाले जनाएको छ ।
केहि हठात मनस्थिती
भएका ब्यक्तिहरुले गाउँपालिकाकै बद्नाम हुने गरी केहि सामाजिक सन्जाल र अनलाइनमा
गलत समचार प्रकाशन प्रसारण गर्न लगाइएकोमा दुख लागेको अध्यक्ष नवराज केसीले बताउनु
भयो । सत्य तथ्य नबुझी गलत समचार प्रकाशन प्रसारण गर्ने सन्चारमाध्याम प्रति खेद
ब्यक्त गर्दछु, ‘उहाँले भन्नुभयो ।’