सुन सफा गर्ने निहुँमा ठगी गरेको आरोपमा तिन जना पक्राउ


ओखलढुंगा ९, चैत । सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।  मोलुङ गाउँपालिका वडा नं २ बाट उनीहरुलाई बुधबार  पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर महानगरपालिका ११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठेगाना भएका ४३ वर्षीय पारसकुमार दास रहेका छन् ।

सुनका गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै रासायनिक पदार्थको प्रयोग गरी गरगहनाको वास्तविक तौल भन्दा कम बनाईदिएको स्थानियको गुनासो छ । तपाँइको गहनालाई हामी सस्तो मुल्यमा सफा गरि टलक्क बनाई दिन्छौ भन्दै गहना लिने र विभिन्न खालको रासायनिक पदार्थ प्रयोग गरी भएको तौल भन्दा निक्कै कम बनाई दिएको  स्थानियको भनाई छ । यसरी आफ्ना गहना सफाई गर्ने नाममा ठगी भएकोले प्रहरीलाई खबर गरेका थिए । स्थानियको सुचना पाउने बितिक्कै  उनिहरुलाई बुधबार दिउसो पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  पक्राउ परेकाहरुबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरेको छ ।

प्रतिक्रिया