बिगुटारमा टोल‐टोल बाटै समाजिक सुरक्षा भत्ता वितरण


 बैशाख  २५ । सिद्धिचरण नगरपालिका वडा नं. ७ बिगुटारले सामाजिक सुरक्षा भत्ता टोलटोलमै लगेर वितरण गरेको छ । बृद्धबृद्धालाई नेपाल सरकारले मासिक रुपमा दिइने भत्तालाई वडा कार्यालयले बैंक सँगको समन्वयमा टोलटोलमै लगेर वितरण गरेको हो । आईतबार सनराइज बैंक ओखलढुंगाका कर्मचारी वडाका कर्मचारी सहितको टोलीले वडा कार्यालय बिगुटार, साबिक २ नं वडाको रत्न आधारभूत विद्यालयबाट र शेर्पा आधारभूत विद्यालय घुन्साबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष भल बहादुर कटवालले जानकारी दिनुभयो ।  

नेपाल सरकारले त्रैमासिक रुपमा दिइने बृद्ध भत्ता बृद्धहरुकैे खातामा नै जम्मा गर्ने गरेको छ । ब्यक्तिको खातामा जम्मा भएको रकम स्वयम ब्यक्ति (बृद्धबृद्धा)  नै बैंकमा उपस्थित नभए बैंकले पैसा दिँदैन । बृद्धहरु आफै बैंकमा हिडेर आउन नसक्ने अवस्थामा उहाँहरुले अनिवार्य रुपमा गाडी रिजर्भ गर्नु पर्ने बाध्यता छ ।

बृद्धहरुलाई सहयोग स्वरुप राज्यले दिएको सानो रकम बृद्ध बाआमाहरुले बचत गरि आप्mनै आवश्यक्तामा खर्च गर्न पाउन् र भत्ता प्रप्त गर्नकै लागी पैसा खर्च गरेर पनि दुःख नपाउन् भन्ने उद्देश्यका साथ टोलटोलबाटै भत्ता वितरण गर्ने गरेको वडा अध्यक्ष भल बहादुर कटवालले बताउनु भयो ।

एकै दिन तिन ठाउँबाट गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयबाट ६७ जना, रत्न आधारभूत विद्यालयबाट ४३ जना र शेर्पा आधारभूत विद्यालयबाट ९ जना गरी १ सय १९ जनाले सेवा लिएका छन् । ९५ वर्षीय राम्री माया तामाङले शैर्पा आधारभूत विद्यालयबाट भत्ता लिनु भएको छ । तामाङ भत्ता लिने मध्य सबै भन्दा ज्येष्ठ नागरिक पनि हुन् । 

भत्ता वितरणकै कार्यक्रममा उपस्थित भएका ज्येष्ठ नागरिक लगायत अन्यलाई पनि निःशुल्क स्वास्थ्य परिक्षण पनि गरिएको थियो । ज्येष्ठ नागरिक लक्षित गरिएको निःशुल्क स्वास्थ्य परिक्षणमा अन्य स्थानियबासीले पनि सेवा लिएका थिए । स्वास्थ्य चौकी बिगुटारका स्वस्थ्यकर्मीहरु बाट निःशुल्क चेकजाँच गरिएको थियो । र आवश्यक्तानुसारको औषधी वितरण तथा स्वस्थ्य परामर्श दिइएको थियो ।

सदरमुकामस्थित बैंकमा आएर भत्ता निकाल्दा  धेरै जसो पैसा आउने जाने गाडीभाडा र खाना खाजामा खर्च गर्ने गरेका थिए । नियमित गाडी सन्चालन नहुने भएकाले कित रिजर्भ नै गर्नुपर्ने, रिजर्भ गर्नु नपरे पनि महंगो भाडा तिर्न बाध्य थिए । वडामा भल बहादुर वडाअध्यक्ष भएर आएपछि बृद्ध बाआमाहरुले अफ्नै टोलबाट भत्ता लिईहेका छन् ।

आप्mनै ठाउँबाट भत्ता लिन पाएपछि बृद्ध बाआमाहरु खुशी भएका छन् । दुखै नगरी आप्mनै गाउँटोलबाट भत्ता लिन पाउँदा धेरै सजिलो र खर्च पनि नभएको बृद्ध बाआमाहरुले बताएका छन् । आफुले पाउने भत्ता सदरमुकाम नगई घर नजिकैबाट लिन पाएकोमा हामी ज्यादै खुशी छौ ।, सजिलै भत्ता दिने ब्यवस्था मिलाईदिएकोमा वडाअध्यक्षलाई धेरैधेरै धन्यबाद दिन चाहान्छौ ।बृद्धबृद्धाले खुशी ब्यक्त गरे ।

 

प्रतिक्रिया