भगनखबर
बैशाख १२ । ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका
वडा नं १ मा सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई ब्यक्तिको घर र गाईगोठ जलेर
नष्ट भएको छ । वनमा लागेको आगो अनियन्त्रीत भई मोलुङ गाउँपालिका वडा नं १ निवासी
चिन्तामणी धमलाको घर र गाईगोठ जलेर नष्ट भएको हो ।
मंगलबार वडा नं २
तल्लोटारस्थित रानीवन सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई वडा नं १ को
चिहानडाँडा सामुदायिक वनमा समेत आगो लागेको थियो । उक्त वनमा लागेको आगोलाई पनि
नियत्रणमा लिन नसक्दा ब्यक्तिको घर जल्न पुगेको स्थानियबासीले बताएका छन् ।
मंगलबार अन्दाजी १२ बजेको समयमा मोलुङ–२ रानीवन सामुदायिक वनमा आगो लाग्न शुरु
भएको थियो । आगो नियन्त्रण गर्न नसकेपछि वडा नं १ स्थित चिहाँन डाँडा सामुदायिक वन
कुन्तादेवीमा आगलागी भएको थियो । उक्त
सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत भई ढुंगामाटोले बनेको टिनको छानो भएको २
तले घर र घर नजिकै रहेको गाईगोठ जलेर नष्ट
भएको छ । धमलाको उक्त घर जल्दा ५ लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । घर
जल्दा घरभित्र भएका लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर लगायतका घरायसी सामग्रीहरु जलेर
नष्ट भएका छन् । घर नजिकै रहेको गाईगोठ पनि जलेर नष्ट भएको छ । मानविय पशुचौपयामा
भने केहि क्षेति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगो
नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको टोली समेत
घट्नास्थलमा पुगी आगो निभाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना
अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिँहले जानकारी दिनुभयो ।