झगनखबर
असोज २९ । नेपाली कांग्रेसका
पुर्वउपसभापति एवं जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधनले
जिल्लाले एक सामाजिक व्यक्तित्व गुमाएको बताएका छन् । जिल्ला कार्यसमिति
ओखलढुंगाले २९ गते सोमबार आयोजना गरेको शोक सभामा बोल्दै नेताहरुले यस्तो बताएका हुन्
।
स्वर्गीय खनालको त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा गत १३ गते शनिबार राति १० बजे निधन भएको थियो । प्याङक्रियाजको क्यान्सर रोगबाट पिडित खनाल
लामो समय देखी उपचाररत हुनुहुन्थ्यो । खनालको ७३ वर्षको उमेरमा निधन भएको हो ।
वीपी स्मृती भवनमा नेपाली कांग्रस
जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको शोक सभा कार्यक्रममा बोल्दै नेताहरुले
खनालको निधनले जिल्लालाई ठुलो क्षती भएको बताएका हुन् ।
जिल्ला सभापति तेजन खनालको सभापतित्वमा भएको
कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका
केन्द्रिय सदस्य रामहरि खतिवडाको प्रमुख आतिथ्यमा भएको थियो । शोक सभामा बोल्दै
सभापति खतिवडाले आफ्नो स्वार्थभन्दा बाहिर उठेर समाजका लागी र कांग्रेसका लागी
ठुलो योगदान पुर्याउनु भएको बताउनु भयो । सबैलाई मिलाएर लान सक्ने ल्याकत भएका
नेता खनालले हरेक बेला जिल्ला पार्टीमा आएका र आउन सकने आन्तरिक विचलनलाई सहज
रुपमा मिलाउने गरेको बताउनु भयो । उहाँको निधनले पार्टीले नेतामात्र गुमाएन, एउटा निस्वार्थ भावना, सबैलाई मिलाउन सक्ने क्षमता र सबैलाई
समान रुपमा सहयोग गर्ने सहयोगी भावना समेत गुमाएको खतिवडाले बताउनु भयो ।
नेपाली कांग्रेसका उपसभापति एवं
चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीले सधैँ समाजको बारेमा र पार्टीको बारेमा
मात्रै सोच्ने र आवश्यक परेको बेलामा सबैलाई सबैखालको सहयोग गर्ने व्यक्ति
पार्टीले र जिल्लाले गुमाएको बताउनु भयो ।
सभापति खनालले कार्यक्रमलाई सम्बोधन
गर्दै डिल्ली खनालको निधनले परिवारलाई मात्रै शोक नभई जिल्ला नै शोकमा डुबेको
महशुस भएको बताउनु भयो । उहाँले देखाएको बाटोमा आफु पनि लाग्ने र अन्य नेता तथा
कार्यकताहरुले पनि उहाँले देखाएको सामाजिक भावनाको बाटोमा लागे मात्र उहाँको आत्माले
शान्ति पाउने बताउनु भयो ।
खनाल, नेपाली
कांग्रेसको मात्रै नेता नभएर समग्र जिल्लाकै समाजसेवी भएको अन्य दलका नेताहरुले
बताएका छन् । नेकपा एमालेका अध्यक्ष शंकर कट्वालले खनाल नेपाली कांग्रेसको मात्रै
नेता नभएर समग्र जिल्लाकै नेता भएको बताउनु भयो । उहाँले देखाउको राजनितिक र
अनुसरण गरेको सामाजिक बाटोमा सबै राजनितिकल दलले अनुसरण गर्नु पर्ने बताउनु भयो ।
नेकपा माओबादी केन्द्रका जिल्ला सचिव बिनोद सुनवारले एक कुशल, समाजसेवी सबैलाई उत्तिकै माया गर्ने
व्यक्ति भएको बताउनु भयो । एकीकृत समाजबादीका जिल्ला अध्यक्ष मेख बहादुर खड्काले स्वर्गीय
खनाल, कांग्रेस
पार्टीको मात्रै नेता नभई सबै दलका लागी प्रेरक व्यक्ति भएको बताउनु भयो ।